FAQs Complain Problems

नौमूले बजार

Read More

नौमूले गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, नौमूले-५, दैलेख

Read More

नौमूले गाउँपालिका, दैलेखमा हार्दिक स्वागत छ |

Read More

COVID-19 सम्बन्धी जानकारीमूलक सन्देश !!

Read More

शिव मन्दिर

Read More

प्राथमिक स्वास्थ्य केन्द्र, नौमूले

Read More

नौमूले बजारको सुन्दर दृश्य

Read More

द्वारी झरना

Read More

नौमूले गाउँपालिका दैलेखको जनप्रतिनिधि तथा कर्मचारीको सम्पर्क नं !!

नौमुले गाउँपालिका दैलेखको पार्श्वचित्र (Gaunpalika Profile)

दस्तावेज: 

संक्षिप्त परिचय

नौमूले गाउँपालिकाः संक्षिप्‍त परिचय
नौमूले गाउँपालिका दैलेख जिल्लाको सदरमुकाम दैलेख सदरमुकामबाट उत्तरतर्फ कालिकोट जिल्लाको महाबै गाउँपालिकासँग सिमाना जोडिएको गाउँपालिका हो । यो गाउँपालिकाको नाम नौमूले रहनुको कारण साविकको तोलि गा.वि.स. वडा नं. ५ मा रहेको बजारको किनारमा पानीको नौ वटा मूल रहेको हुँदा उक्त बजारलाई नौमूले बजार भनिएको र परापूर्व देखिनै उक्त बजार साबिकको इलाकाको मुख्य बजार रहेकोले यस गाउँपालिकाको नाम नौमूले गाउँपालिका नामाकरण गरिएको हो ।

भौगोलिक अवस्थितिः
नौमूले गाउँपालिका कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतदेखि कि.मि. 96 र दैलेख जिल्लाको सदरमुकाम दैलेख सदरमुकामबाट १9 कि.मि. उत्तरमा अवस्थित रहेको छ । यस नौमूले गाउँपालिकाको पूर्वमा जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका, पूर्व-दक्षिणमा दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका, दक्षिण पश्चिममा नारायण नगरपालिका र उत्तरमा कालिकोट जिल्लाको महाबै गाउँपालिका पर्दछ । दैलेख जिल्लाको ११ वटा स्थानीय तहहरुमध्ये आर्थिक दृष्टिकोणले विपन्‍न, प्राकृतिक, धार्मिक तथा ऐतिहासकि दृष्टिकोणले समृद्ध छ । राजनीतिक रुपमा दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा पर्ने यस गाउँपालिकाको केन्द्र हाल वडा नं. १ मा रहेको नौमूले बजारमा रहेको छ । यस गाउँपालिकालाई ८ वटा वडाहरुमा विभाजन गरिएको छ । नौमूले गाउँपालिकाको भौगोलिक अवस्थिति यसप्रकार रहेको छः
क) अक्षांशः 28० 54' उत्तरदेखि उत्तर
ख) देशान्तरः 81048' पूर्वी देशान्तरसम्म
ग) समुन्द्र सतहदेखि उचाईः नौमूले गाउँपालिका वडा नं. 8 को झिल्केको 890 मिटर देखि महावु 4168 मिटर लेखसम्म
घ) कुल क्षेत्रफलः 228.59 ब.मि.

सूचना तथा समाचार

जन प्रतिनिधि

गा. पा. अध्यक्ष
Phone:
९८५८०६९०४०, ९८४८२०८९१६
Email:
chhabis99@gmail.com
गा. पा. उपाध्यक्ष
Phone:
९८५८०६९०४१, ९८४८३३९५४९
Email:
naumulegapa@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone :
९८५८०६९०६०, ९८०२५४५८७०
Email:
damand73@gmail.com
प्रशासकीय अधिकृत (सूचना अधिकारी)
Phone :
९८५८०६९०४२, ९८४८१०७६७०
Email:
kcindra421@gmail.com

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः-

निबेदन / संस्थाको पत्र, संस्थाको बिधान, संस्था गठनको लागि भएको भेलाको उपस्थिति र निर्णय, संस्थापकको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा, प्र प्र अ
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निबेदन, नागरिकता, व्यवसायीको ज.ध.पु. वा घर भाडा सम्झौता

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नया ४ ब.फि. / पुरानो ८ ब. फि.
आवश्यक कागजातहरुः-

निबेदन, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि, ज.ध.प्र.पू. को प्रतिलिपि, चारकिल्ला खुलेको कागजात, मालपोत वा एकीकृत सम्पति कर तिरेको निस्सा, जग्गाको ब्लु प्रिन्ट नक्सा र ट्रेस नक्सा, घरको प्रस्तावित नक्सा, घरको प्राबिधिक सुपरिबेक्षकको शै यो र ई का दर्ता प्र. प.

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति हजार रु. १/-
आवश्यक कागजातहरुः-

निबेदन, प्राविधिकको सिफारिस, नागरिकताको प्रतिलिपि, ज.ध.प्र.पू. को प्रतिलिपि, नक्सापास, आय श्रोत खुल्ने कागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १ रोपनी सम्म रु. ५०००/- र सो भन्दा माथि प्रति रोपनी रु. ५००/-
आवश्यक कागजातहरुः-

निबेदन, निवेदकको नागरिकताको प्रतिलिपि, जग्गा नाप नक्सा भएको प्रमाणको प्रतिलिपि सहित अन्य प्रमाण

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः-

निबेदन, निवेदकको नागरिकता, जग्गाधनी प्रमाण पुर्जा र मृत्यु दर्ता, नाता प्रमाणितको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरुः-

सुचना फाराम, सुचकको नागरिकता, मृतकको नागरिकताको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरुः-

सूचना फाराम, नागरिकताको प्रतिलिपि, बिवाह दर्ता, जन्म दर्ता, बसाई सरी आउनेको हकमा बसाई सरी आएको प्रमाणको प्रतिलिपि, जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि र सूचना फाराम

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरुः-

सूचना फाराम, सुचकको नागरिकता, बालबालिकाको बुवा आमाको नागरिकता, बिवाह दर्ताको प्रतिलिपि

जानकारी

//